Loading

The New Alison App has just launched Download Now

कोरोना भाइरसः आवश्यक जानकारी

यो निःशुल्क अनलाइन पाठमा नोवल कोरोना भाइरसका बारेमा आवश्यक जानकारी समेटिएको छ ।

Salud
Gratis
यस निःशुल्क अनलाइन पाठ नोवल कोरोना भाइरसको उत्पती, प्रसारण, लक्षण र सम्भावित उपचारका बारेमा केन्द्रित रहनेछ। यसका अलावा यसको सम्भावित रोकथामका बारेमा पनि चर्चा गरिनेछ। नयाँ कोरोना भाइरसको विस्तार भैरहेको अवस्थामा एलिसनले पनि आफ्नो अन्तर्राष्ट्रिय दायित्व स्वीकार गर्दै यो निःशुल्क पाठ तयार गरेको हो। यसमा कोरोना भाइरसको बारेमा जान्नै पर्ने कुराहरुऽ यसको पृष्ठभूमी, यसको आतंकबाट बच्न व्यक्तिले, परिवारले र समुदायले अपनाउनु पर्ने उत्तम उपायका बारेमा चर

Descripción

Modules

Resultados

Certificación

Ver los módulos del curso

Description

नोवल कोरोना भाइरस बारेको यो निःशुल्क अनलाइन पाठ, भाइरसको उत्पति, लक्षण, प्रसार र रोकथामका बारेमा केन्द्रित छ। यो भाइरस यस अघि मानिसमा पाइएको थिएन। कोरोना भाइरस(CoV) भाइरसको ठूलो परिवारमा पर्दछ जसमासाधारण रुघाखोकी देखि निकै जटिल खालका रोगहरु समेत पर्छन्। उदाहरणका लागि मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रममर्स(MERS-CoV)तथा जटिल खालको एक्यूट रेस्पिरेटरी सिन्ड्रम (SARS-CoV)सार्सलाई लिन सकिन्छ।कोरोना भाइरस जुनोटिक भाइरस हो । अर्थात यो भाइरस जनावरबाट मानिसमा सर्दछ।

यो पाठमा भाइरसको प्रकोपले संक्रमित व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पार्ने र समुदाय तथा देशको स्रोत साधनमा पर्ने असरका बारेमा चर्चा गरिनेछ। संक्रमणका सामान्य लक्षणहरुमा स्वास प्रश्वास सम्बन्धी लक्षणहरु, ज्वरो, खोकी र सास फेर्न कठिनाई पर्दछन्। जटिल अवस्थाका विरामीहरुमा निमोनिया, जटिल प्रकारको श्वासप्रश्वार सम्बन्धी समस्या, किडनी बिग्रने र मृत्यू समेत हुने हुन्छ।

यो पाठ एउटा नयाँ शुरुवात हो। जेनेवामा अवस्थित विश्वस्वास्थ्य संगठन र रोग नियन्त्रण केन्द्र अमेरिकाले दिएका जानकारीका आधारमा यो पाठ तयार गरिएको छ। यो पाठ एलिशनले लिएको नविन कदम हो जसले महामारी फैलाउने रोगसँग लड्नका लागि तत्काल कदम उठाउन विकास गरिएको विश्वव्यापी सिकाइ प्रमाणपत्र प्रणाली हो। यो पाठ दैनिक अद्यावधिक गरिनेछ। यो १०० भन्दा बढी भाषामा उपलब्ध हुनेछ।यो भाइरस र यसबाट हुन सक्ने खतरा प्रति सचेत हुन र यसलाई आत्मासात गर्न ज्ञान प्राप्तिका लागि प्रोत्साहित गर्नका लागि तयार गरिएको हो । एलिसनले पिडिएफ प्रमाणीकरण कोर्स विश्वव्यापी रुपमा निःशुल्क उपलब्ध गराउनेछ। यो कोर्स अध्ययन पछि तपाइ आफूलाई नोवेल कोरोना भाइरसको बारेमा अद्यावधिक गराउन सक्नुहुनेछ। यसका साथै नोवल कोरोना भाइरसको त्रासको सामना उत्तम तरिकाले गर्ने उपाय बाट आफू र अरुलाई सिकाउँछ। त्यसैले ढीलो नगर्नुस । आजैबाट यो कोर्स शुरु गर्नुहोस् र एक दुई घण्टामै आफू, परिवार र समुदायलाई यसको सम्पर्क र संक्रमणबाट सुरक्षित हुनका लागि आवश्यक ज्ञान प्राप्त गर्नुहोस्।

मार्च ११ मा, कोरोनाभाइरसको फैलावलाई विश्व स्वास्थ्य संगठनले महामारीको रूपमा घोषणा गर्‍यो

Inicio Curso Ahora

Careers